काठमाडौँ– नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय खेल मैदानमा जारी खेलमा लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन जोड्यो ।
टस जितेर बलिङ रोजेको चितवनले यसअघिका चार खेलमा जीत हासिल गरेको छ । यसअघि चार खेल हारेको लुम्बिनीलाई आजको खेल जित्नैपर्ने दबाब छ ।
खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ४३ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५० रन जोडे । यस्तै विदेशी खेलाडी शाद विन जफरले पनि अर्धशतक प्रहार गरे । पौडेलले ८० रन बनाए भने विन जफरले ५२ रन जोडे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया