मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘दुखी आत्मा’मा कवि मुकारुङका १० कविता रहने

काठमाडौँ– फिल्म ‘दुखी आत्मा’मा कवि श्रवण मुकारुङका १० वटा कविता समावेश हुने भएको छ ।

फिल्मका निर्देशक तथा लेखक दिपेन्द्र लामाका अनुसार फिल्मकै पटकथा अनुसार मुकारुङले १० वटा कविता लेखेका हुन् । मुकारुङले निर्देशक लामालाई अहिले तीन वटा कविता बुझाएका छन् । सामाजिक सञ्जाल मार्फत लामाले यसबारे जानकारी दिएका हुन् ।

‘बहुचर्चित गीतका स्रष्टा मुकारुङले यसअघि रचेका कविताहरुको स्वभाव र दुखी आत्माका पात्रहरुको मनोविज्ञानमा समानता भेटिएकोले हामीले उहाँलाई नै कविता लेख्न अनुरोध गरेका थियौं,’ उनले भनेका छन्, ‘फिल्मको पटकथा पढेर उहाँले ती कविता कोर्नुभएको हो ।’

मुकारुङले लेखेका ‘राई माइलाले गाउँ छोड्यो रे,’ ‘माथि माथि शैलुङ्गेमा’, ‘तिमी तारेभीर’ जस्ता गीतहरु निकै लोकप्रिय छन् ।

फागुन २ गतेबाट प्रदर्शन हुने फिल्ममा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राईलगायत कलाकारको अभिनय रहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?