काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले चितवन राइनोज विरुद्द पावर प्लेमा दुई विकेट गुमाएर ३३ रन जोडेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेल १९ र अर्जुन साउद १२ रन बनाएर खेलिरहेका छन् ।
चितवनका लागि दुवै विकेट रिजन ढकालले लिएका छन् ।
दोस्रो ओभरको पहिलो बलमा रिजन ढकालले आशुतोष घिरैयालाई एक रनमा बोल्ड गरे । सोही ओभरको तेस्रो बलमा उन्मुक्त चन्दलाई रनको खाता पनि विकेटकिपर विपिन रावलबाट क्याच गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया