काठमाडौँ– वास्तुशास्त्र अनुसार हामीले हाम्रो जीवनमा गरिने साना साना गल्तीले पनि ठूलो असर पार्न सक्छ । पैसा राख्नका हामी सबैले पर्सहरु त बोकेरै हिँड्ने गरेका छौं । पर्स भन्ने बित्तिकै पैसा र यसमा धनकी देवी लक्ष्मीको विषय त जोडि नै हाल्छ ।
वास्तुशास्त्र अनुसार जसले लक्ष्मीलाई प्रसन्न पार्न सक्छ, उसले आर्थिक समस्याहरूको सामना गर्न सक्छ भन्ने गरिन्छ । त्यसकारण तपाईंलाई हामी आफ्नो पकेट वा पर्समा राख्न नहुने पाँच चीजहरुबारे जानकारी दिँदैछौं ।
पुरानो वा फोहोर पर्स
वास्तुशास्त्र अनुसार पर्स धनको स्थान हो । यो हाम्रो समृद्धि र वित्तीय स्थिरताको प्रतीक पनि हो । यदि तपाईंको पर्स पुरानो, च्यातिएको वा फोहोर छ भने यसले नकारात्मक ऊर्जा दिने काम गर्छ । फाटेको पर्सले शुभ संकेत गर्दैन र यसले तपाईंलाई आर्थिक रुपमा हानी पुर्याउने काम गर्छ । त्यसकारण पर्स रोज्दा सफा र सकेसम्म आफ्नो राशीको रङ्ग अनुसार बोक्नुपर्छ । साथै समय समयमा पर्सलाई सफा गर्ने र अनावश्यक कुरा पर्सबाट हटाइदिनुपर्छ ।
औषधि
औषधिहरू स्वास्थ्यसँग सम्बन्धित छन् र यसमा रोगको ऊर्जा जोडिएको हुन्छ । वास्तुशास्त्र अनुसार खल्ती वा पर्समा औषधि राख्नाले नकारात्मक ऊर्जा प्रवाहित हुन्छ । जसले तपाईंको स्वास्थ्यमा असर पार्नुको साथै तपाईंको आर्थिक स्थितिमा पनि नकारात्मक प्रभाव पार्छ । यसले चिन्ता र तनाव निम्त्याउन पनि सक्छ । त्यसकारण औषधिहरू सधैँ उचित ठाउँमा राख्नुपर्छ । यदि तपाईं बाहिर जाँदै हुनुहुन्छ भने औषधिको लागि छुट्टै झोला प्रयोग गर्नुपर्छ ।
फोहोर कागज र फाटेका नोट
आफ्नो पर्समा नचाहिने कागजातहरु र फाटेका नोटहरु भएमा त्यसले नकारात्मक ऊर्जा दिएर आर्थिक रुपमा हानी पु¥याउँछ । फाटेको नोट अशुभ संकेतको प्रतीक पनि हो । त्यसकारण पर्समा पैसाहरु मिलाएर सफासँग राख्नुपर्छ र नचाहिने कागजातहरु फाल्नुपर्छ । वास्तुशास्त्र अनुसार यसले तपाईंमा आर्थिक समृद्धि ल्याउँछ ।
दुःखी र चिन्तित बनाउने चीज
तपाईंको पर्समा रहेका चीजहरूले तपाईंलाई दुःखी, विचलित वा क्रोधित तुल्याउन सक्छ । उसले तपाईंको मानसिक शान्ति र सकारात्मकतालाई समेत नष्ट गर्न सक्छ । उदाहरणका लागि विगतको सम्बन्ध, तस्वीरहरू वा तपाईंलाई नराम्रो स्मरणहरु दिलाउने चीजहरू पर्सबाट हटाइ हाल्नुपर्छ । यसले तपाईंको मनलाई विचलन त ल्याउँछ नै आर्थिक रुपमा समेत नकारात्मक असर पु¥याउँछ । यसकारण पर्समा आफूलाई मन व्यक्ति, वस्तु वा भगवानको तस्वीर राख्ने गरेमा तपाईंलाई सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।
खराब वा नक्कली सिक्का
वास्तुशास्त्रका अनुसार खराब वा नक्कली सिक्काले धनको प्रवाहमा अवरोध हुने संकेत गर्छ । यसले नकारात्मक ऊर्जा फैलाउँछ र तपाईंको आर्थिक स्थितिलाई बिगार्छ । त्यस्ता सिक्काहरू राख्नाले तपाईंले अनावश्यक आर्थिक चुनौतीहरूको सामना गर्नुपर्छ । त्यसकारण त्यस्ता सिक्काहरुलाई दान दिने वा मन्दिरहरुमा लगेर चढाइदिनुपर्छ ।
यसले तपाईंमा सकारात्मक ऊर्जा उत्पन्न गराउँछ । आजको समयमा मानिसका लागि आर्थिक अवस्था बलियो हुनु भनेको नै उसको जीवन सफल हुनु हो भन्ने मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया