मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म मेकिङ

चलचित्र विकास बोर्डले ‘फिल्म मेकिङ’ सिकाउने, यसरी दिनुहोस् आवेदन

काठमाडौँ– चलचित्र विकास बोर्डले फिल्म मेकिङ कार्यशाला गर्ने भएको छ । बोर्डले पाँच दिने ‘फिल्म मेकिङ मास्टर क्लास’ को आयोजना गर्न लागेको हो ।

यही मसिंर २८ गतेदेखि पुष २ गतेसम्म हुने कार्यशालामा फिल्ममा चासो राख्ने मेकरले सहभागिता जनाउन सक्नेछन् ।

कार्यशालामा सहभागीता जनाउन रुपैयाँ २५ सय तिर्नुपर्ने पनि बोर्डले जनाएको छ । ओस्कार इन्टरनेशनल कलेज, कान्तिपुर फिल्म एकेडेमी, एभरेस्ट फिल्म एकेडेमी र नेपाल फिल्म क्याम्पसका विद्यार्थीका लागि भने २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

कार्यशालामा सिनेमाटोग्राफी, प्रकाश, कला डिजाइन, स्टेजिङदेखि हलिउड फिल्म लूक सिर्जनाबारे सिकाइने बोर्डले जनाएको छ । साथै उक्त कार्यशालामा फिल्मको सम्पादन, कलर ग्रेडिङबारे पनि जानकारी दिइनेछ ।

उक्त कार्यशालामा सहभागी हुनका लागि यो लिंकमा फाराम भरेर सहभागी हुन पनि बोर्डले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?