मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्ट्रिक्स प्रोफेशनलले काठमाडौंमा गर्‍यो मेगा शो: देशभरका सौन्दर्य व्यवसायी सहभागी

काठमाडौँ– हेयर प्रोडक्टको ब्राण्ड स्ट्रिक्स प्रोफेशनलले काठमाडौंमा मेगा शो २०२४ आयोजना गरेको छ । यो पाँचौं संस्करणमामा उसले देशभरका ब्रान्ड सेलूनिस्ट र सौन्दर्य व्यवसायीहरूलाई एउटै मञ्चमा सहभागी गराएको हो ।

गत वर्ष पनि स्ट्रिक्स प्रोफेशनलले काठमाडौंमा कार्यक्रमको आयोजना गरेको थियो । यस पटक स्ट्रिक्स प्रोफेशनलले आफ्ना नयाँ उत्पादन स्ट्रिक्स स्पेक्ट्रम बजारमा सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौँको मेरियट होटलमा आयोजित एक दिने मेगा शो २०२४ मा नेपालभरिका सैलुन व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा कपालको अत्याधुनिक डिजाइन, कलरिङ, रचनात्मकता, सीप विकासबारे जानकारी प्रदान गरिएको थियो । मेगा शो २०२४ ले सैलुनिस्टहरूलाई हेयर कट्, रंग र नयाँ शैलीमा अन्तर्राष्ट्रिय फेसनको अभ्यासबारे प्रशिक्षण दिईएको थियो ।

कार्यक्रममा स्ट्रिक्स प्रोफेशनलको स्पेक्ट्रम कलेक्शनबाट ६ वटा आकर्षक लुक्सको अनावरण र स्ट्रिक्स प्रोफेशनल अर्गन सीक्रेट्स हाई लिफ्ट शेड्स, ह्युम्याजिक नो अमोनिया हेयर कलर र फङ्गी कलरजस्ता नयाँ उत्पादनहरूको सार्वजनिक गरिएको थियो । स्ट्रिक्स प्रोफेशनलका प्रमुख रोशेल छाबड़ाले शिक्षामा ब्रान्डको समर्पणमाथि जोड दिएकी थिइन् ।

“स्ट्रिक्स प्रोफेशनलमा हामी शिक्षालाई हाम्रो उद्योगको आधार शिलाको रूपमा हेछौं । मेगा शो हाम्रो प्रमुख कार्यक्रम हो । जुन सैलुन समुदायलाई नवीनतम अन्तर्राष्ट्रिय प्रचलन र उन्नत प्रविधिहरूमाथि गहन प्रशिक्षणको साथ सुसज्जित गर्नमा केन्द्रित छ ।,” उनले भनिन्, “सैलुन पेशेवरहरू कपालको फेसनमा अग्रपंक्तिमा रहिरहन यी विश्वव्यापी प्रचलनहरूलाई आफ्ना ग्राहकहरूको अद्वितीय आवश्यकताहरू अनुरूप अपनाउनमा सक्षम हुन साथै हेयर फेसनमा सबैभन्दा अग्रपंक्तिमा रहुन् ।” मेगा शोको पांचौं संस्करणले आफूमा उत्साह थपिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?