मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चुलियो ‘पूर्णबहादुरको सारङ्गी’को विवाद : नेपाल चलचित्र संघका सदस्यले सेभेन सिजको सिनेमा प्रदर्शन नगर्ने

काठमाडौँ– फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ नियमित रुपमा हलमा प्रदर्शन गर्ने वितरक टिमले निर्णय गरेपनि नेपाल चलचित्र संघका सदस्यले फिल्म प्रदर्शन नगर्ने घोषणा गरेको छ ।

चलचित्र संघले आज सोमबार नै एक विज्ञप्ति जारी गर्दै सेभेन सिजको सिनेमा प्रदर्शन तथा वितरण नगर्ने घोषणा गरेको हो । फिल्मको निर्माता कम्पनी सेभेन सिज सिनेमाले प्रदर्शन स्थगन निर्णय आफूखुसी लिएको भन्दै संघले आपत्ति जनाएको छ ।

सेभेन सिजले प्रदर्शन स्थगनको विषयमा स्पष्ट धारणा नराख्दासम्म कम्पनीका कुनै फिल्म प्रदर्शन नगरिने संघको विज्ञप्तिमा उल्लख गरिएको छ ।

फिल्म प्रदर्शन स्थगित सम्बन्धमा जारी सेभेन सिजले मंसिर २३ गते जारी गरेको विज्ञप्तिमा चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘चलचित्र निर्माण पक्षको व्यावसायिक प्रतिनिधि चलचित्र वितरक हो । तर कानूनभन्दा बाहिर गई सेभेन सिज सिनेमाले नेपाल चलचित्र संघका सदस्यहरुको विज्ञप्ति मार्फत पटक पटक मानमर्दन गर्ने कार्य गरेकोमा खेद प्रकट गर्दछौं । यस्तो कार्य नेपाल चलचित्र संघलाई कदापि सह्य हुन सक्दैन ।

तसर्थ जबसम्म सेभेन सिज सिनेमाले यस सम्बन्धमा नेपाल चलचित्र संघलाई आफ्नो धारणा स्पष्ट पार्दैन तबसम्म सेभेन सिज सिनेमाले निर्माण गर्ने वितरण गर्ने कुनै पनि चलचित्र नेपाल चलचित्र संघका सदस्यहरुले प्रदर्शन नगर्ने समेत जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

यस अघि निर्माण टिमले शोमा विभेद भएको भन्दै सोमबारदेखि हलबाट फिल्म उतार्ने घोषणा गरेको थियो । तर फिल्म प्रदर्शनमा वितरकले अधिकार दाबी गरेपछि निर्माताले चाहेर पनि फिल्म उतार्न सकेका थिएनन् ।

नेपाल चलचित्र संघकाे विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?