मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिभावकले मोबाइल धेरै चलाउँदा बालबालिकामा कस्तो असर पर्छ?

काठमाडौँ– अहिले हरेक परिवारका सदस्यहरु आफ्नो व्यक्तिगत काम होस् या मनोरञ्जनका लागि धेरैजसो समय स्क्रिनमै बिताउने गर्छन् । त्यसकारण अभिभावकहरुलाई बालबालिकाका लागि स्क्रिनबाट टाढा राख्नलाई निकै कठिन अवस्था छ ।

यसमा बालबालिकाहरुलाई स्क्रिनबाट टाढा राख्न अभिभावकहरु आफैंले पनि आफ्नो आदतमा परिवर्तन गर्न जरुरी देखिन्छ । एक अध्ययनका अनुसार आमाबुवाले जति स्क्रिनमा समय बिताउँछन्, त्यति नै बालबालिकाहरु त्यही सिको गर्न प्रोत्साहित हुन्छन् । यस मानेमा अभिभावकहरु सजक हुनुपर्ने विज्ञहरू बताउँछन् । मोबाइल धेरै चलाउने बानीले कस्तो समस्या पार्छ त?

अभिभावक र बच्चामा भावनात्मक रुपमा दूरी बढ्छ

अधिकांश समय अभिभावकहरु मोबाइल स्क्रिनमा भएपछि आफ्नो बच्चाहरुसँग बिताउने समय हुँदैन । बच्चाहरुसँग कुराकानी नै कम भएपछि एक अर्काबिचको भावना समेत बुझ्न सकिँदैन ।

बाल विशेषज्ञहरुका अनुसार यसबाट बच्चाहरुको बौद्धिक विकासमा प्रभाव पर्नका साथै मानसिक समस्याहरु समेत निम्तन्छन् । अधिकांश समय स्क्रिनमा रमाउने बालबालिकाहरु परिवारसँग घुलमिल समेत हुँदैनन् भने उनीहरुमा सामाजिक भावना समेत कम हुन्छ ।

अभिभावक र बच्चाहरुबीच हुने प्रेम र सद्भावमा समेत कमी हुन्छ ।

अभिभावकले आफूलाई बदल्न जरुरी छ

आफ्ना बच्चाहरुको दैनिक आचरण र आदतलाई बदल्ने हो भने यसमा सबैभन्दा पहिला अभिभावकले आफूलाई बदल्न जरुरी छ । किनकी बालबालिकाहरुको पहिलो स्कूल नै घर हो ।

आफ्ना आमाबुवाले जे गर्छन्, त्यसैको सिको उनीहरुले गर्छन् । त्यसकारण अभिभावहरुले पनि स्क्रिन समयलाई आफैंले सकभर कम गर्ने प्रयास गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?