मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व चेस च्याम्पियनसिपः ११ औं खेलमा गुकेशको शानदार जित, डिङ लिरेनमाथि अग्रता

काठमाडौँ – सबैभन्दा कान्छो च्याम्पियन बन्ने कीर्तिमान कायम गरेका भर्खर १८ वर्षका भारतीय ग्रान्डमास्टर गुकेशसँग अब सबैभन्दा कान्छो च्याम्पियन बन्ने पक्का पक्कै जस्तै भएकाे छ ।

भारतका युवा ग्रान्डमास्टर गुकेश डोम्माराजु चेसको संसारमा इतिहास रच्ने धेरै नजिक छन् । विश्व चेस च्याम्पियनसिपमा चीनका डिङ लिरेनसँग धेरै राउण्डको बराबरी खेलेपछि गुकेशले अन्ततः शानदार जित दर्ता गर्दै उपाधि दौडमा अग्रता लिएका छन् ।

सिंगापुरमा जारी यस च्याम्पियनसिपको ११औं खेलमा सेतो टुक्रा खेल्दै गुकेशले दिङलाई २९ चालमा पराजित गर्दै उपाधि दौडमा १ अंकको अग्रता बनाएको थियो ।

यसअघिका धेरै राउण्डका खेलहरू जस्तै, यी दुईबीच कडा प्रतिस्पर्धा चलिरहेको थियो, तर २८ औं चालमा चिनियाँ ग्रान्डमास्टर र डिफेन्डिङ च्याम्पियनले ठूलो गल्ती गरे र उनको अर्को चालसँगै गुकेशले डिङलाई राजीनामा दिन बाध्य पारे।

यस च्याम्पियनसिपमा ११ राउण्डमा गुकेशको यो दोस्रो जित हो र अब उसले ६.०-५.० को स्कोरका साथ पहिलो पटक अग्रता लिएको छ। च्याम्पियनसिपको पहिलो खेलमा दिङ विजयी भएको थियो भने तेस्रो खेल गुकेशले जितेको थियो । बाँकी सबै खेल बराबरीमा परेका छन् ।

भर्खर १८ वर्षका गुकेशले सबैभन्दा कान्छो चेस विश्व च्याम्पियन बन्ने मौका पाएका छन् । ७.५ अंक जोड्ने पहिलो खेलाडी च्याम्पियन बन्नेछन् । च्याम्पियनसिपमा यी दुईबीच ३ खेल बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?