काठमाडौँ– नेपाल प्रिमियर लिगमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय खेल मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको हो ।
खेलमा इसन इसाखिलले अर्धशतक प्रहार गरे । यस्तै ओपनर हसनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे भने रवि बोपाराले ३६ रन जोडे ।
खेमा कप्तान कुशल मल्लले १३ रन जोडे भने विपिन रावलले १७ रन जोडे ।
बलिङमा सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइनले ४ ओभरमा २ विकेट लिए भने ब्राण्डन म्याकमुलेन, कप्तान दीपेन्द्र सिंह ऐरी र सैफ अली जैबले १-१ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया