काठमाडौँ– बलिउड अभिनेत्री सारा अली खान एक्लैले फिल्म ‘केदारनाथ’ प्रदर्शनको छ वर्ष पूरा भएको अवसरमा उत्सव मनाएकी छिन् ।
शनिबार साराले सामाजिक सञ्जालमा फिल्मको किस्सा र भिडियो सेयर गर्दै लेखेकी छिन्,‘केदारनाथ छ वर्ष भएको छ । कहिले भोलि जस्तो लाग्छ त कहिले जिन्दगीभर टाढा भए जस्तो लाग्छ ! कहिले यस्तो लाग्छ यो जीवनभर टाढा छ । जय भोलेनाथ । मलाई म बनाउनु भएकोमा धन्यवाद । मलाई जीवनभरको याद दिनुभएकोमा धन्यवाद !’
उनले सेयर गरेको भिडियोमा सुशान्तसँगै उनी केदारनाथ गएको देख्न सकिन्छ । उनको जोडीको रुपमा रहेका अभिनेता सुशान्त सिंह राजपूतका निधन भइसकेकोले उनी एक्लैले उत्सव मनाइरहँदा फ्यानहरुले यसलाई अधुरो रुपमा लिएका छन् ।
फिल्म ‘केदारनाथ’ सारा र सुशान्तको जोडीलाई दर्शकले निकै रुचाएका थिए । फिल्मको दौरानमा यी दुईबिच अफेयरको समेत कुरा चलेको थियो । साराले फिल्म ‘केदरनाथ’बाट नै बलिउडमा डेब्यु गरेकी थिइन् ।
फिल्मको लेखन तथा निर्देशन अभिषेक कपुरले गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया