काठमाडौँ– एनपीएलको आजको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्टसले एक रनले जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय खेल मैदानमा भएको रोमाञ्चक खेलमा लुम्बिनीलाई केबल २ रनको आवश्यकता थियो ।
तर, खेलको अन्तिम बलमा थाकरले सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो ।
जनकपुर बोल्टसले दिएको १ सय ३७ को लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । तर, अन्तिम ओभरमा विकेट गुमाउँदा खेल जनकपुरले जितेको थियो ।
आजको खेलमा लुम्बिनीले उत्कृष्ट प्रदर्शन गरे पनि विजेता हुनबाट चुक्यो । लुम्बिनीले यसअघिका खेलमा भन्दा उत्कृष्ट प्रदर्शनी गरेको थियो ।
यसअघि जनकपुरले ३ खेल जितेको थियो भने लुम्बिनीले ३ खेल हारेको थियो । आजको खेलसँगै दुवै टिमको जीत र हार सङ्ख्या बराबरी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया