काठमाडौँ– सुनचाँदीको मूल्य आज पनि घटेको छ । केही दिनयता निरन्तरजसो घट्दै आएको सुनको भाउ आज प्रतितोला ४ सय रुपैयाँका दरले घटेको हो ।
गत शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १ सय रहेकोमा आज (आइतवार) घटेर १ लाख ४९ हजार ७ सय कायम भएको हो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँका दरले घटेको छ । शुक्रवार चाँदीको मूल्य १ हजार ८ सय ९० रहेकोमा आज १ हजार ८ सय ६५ मा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया