मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन हुने

काठमाडौँ– थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन हुने भएको छ ।

नाटकको कास्ट र क्रुका लागि थप सहयोगार्थ स्वरुप सोमबार एक विशेष र अन्तिम मञ्चन गर्ने निर्णय गरिएको नाटकका परिकल्पना, लेखक तथा निर्देशक केदार श्रेष्ठले बताए ।

उनका अनुसार विशेष मञ्चन सोमबार साँझ ४ः३० बजे हुनेछ । यस अघि दर्शकको उल्लेखनीय सहभागिताकै कारण नाटक मञ्चनको समय एक साता थपिएको थियो । वैवाहिक सम्बन्धमा सहअस्तित्व र भावनात्मक गहिराइलाई खोतलेको नाटकको शीर्ष भूमिकामा कार्म र मेनुका प्रधान छन् ।

नाटकको निर्मातामा अभिनेता दयाहाङ राई छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?