काठमाडौँ– एप्पलले आईफोन १७ लाई पातलो साइजमा निकाल्ने योजना बनाएको छ । अमेरिकी मिडियामा प्रकाशित विवरणहरूका अनुसार आईफोन १७ को साइज हाल बजारमा उपलब्ध आईफोन १६ को भन्दा पनि पातलो हुनेछ ।
आईफोन १७ एअर नाम दिइएको यो फोनलाई ‘स्लिम’ फोन बनाउने एप्पलको योजना छ । यो फोन आईफोन १६ प्रो भन्दा २ मिलिमिटर पातलो हुनेछ । यद्यपि यो फोन अहिलेका फोनभन्दा अझ बढी प्रभावकारी र शक्तिशाली हुने जनाइएको छ ।
यो फोनका बारेमा अरु अपडेट अझै बाहिर आएको छ । एप्पलले हरेक वर्ष नयाँ फिचरसहित अर्को संस्करणको स्मार्टफोन ल्याउने गरेको छ ।
केही महिनाअघि मात्र एप्पलले आईफोन १६ सिरिज बजारमा ल्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया