मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

किन शौचालयमा लामो समय बिताउनु हुँदैन?

पछिल्लो पुस्तामा बढ्दो आधुनिकीकरणसँगै मोबाइलको प्रयोग व्यापक रूपमा हुन थालेको छ । चाहे खाना खाने बेला होस्, या त शौचालय जाँदा नै किन नहोस् । मोबाइलमा भुल्ने प्रचलन छ ।

शौचालयमा मोबाइल प्रयोग गर्दा अरु बेलाभन्दा धेरै समय लाग्ने गर्छ । तर, यस्तो जीवनशैलीले मानिसलाई हानी पुर्‍याउने चिकित्सकहरू बताउँछन् । विभिन्न अध्ययनका अनुसार मोबाइल हेर्दा मानिस अरु बेलाभन्दा बढी समय शौचालयमा बिताउँछन् । र, त्यसले गर्दा कैयन् रोगको जोखिमसमेत हुन्छ ।

के शौचालयमा लामो समय बिताउनु साँच्चिकै गलत हो त? यसले कस्ता खालका असर पार्न सक्छ लगायतका विषयमा अल्का अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा. रक्षा गौतमसँग जोय नेपालकर्मी सुस्मिता फुयाँलले गरेको कुराकानी:

सामान्यतया एक स्वस्थ व्यक्तिले कति समयभन्दा बढी शौचालयमा बस्नु हुँदैन ?

एक स्वस्थ मानिसले बढीमा ५ मिनेटभन्दा बढी समय शौचालयमा बिताउनु हुँदैन । किनकि एक त शौचालय भनेको फोहोर विसर्जन गर्ने स्थान हो । यसकारण शौचालयमा विभिन्न ब्याकेटेरियाहरु सक्रिय भइरहेका हुन्छन् ।

सामान्यतया शौचालय हप्तामा एक पटक सफा गर्ने गरिन्छ । तपाईंले नोटिस गर्नुभएकै होला । शौचालयका टायलहरुमा प्यानमा पहेलो दाग बसेको हुन्छ । त्यस्तो पहेलो दागहरुमा ब्याक्टेरियाले प्रजनन् कार्य गरिरहेको हुन्छ । यस्तोमा तपाईंले शौचालयमा लिएर गएको मोबाइलमा ब्याक्टरियाहरु टासिन्छन् र तपाईंको स्वास्थ्यमा समस्या आउनसक्छ ।

लामो समय शौचालयमा बस्दा के–कस्ता स्वास्थ्य समस्या निम्तन्छन् ?

पहिलो कुरा त शौचालय भनेको धेरै समय बस्ने स्थान होइन । शौचालयमा मोबाइल लिएर जानु गलत हो । मोबाइल लिएर शौचालय बस्दा हाम्रो आँखाले देख्न नसक्ने सुक्ष्म ब्याक्टेरिया मोबाइलमै टाँसिएर तपार्इं बाहिर निस्किँदा मोबाइलसँगै आउँछ र तपाईंलाई मात्रै नभएर तपाईंको घरपरिवारका अन्य व्यक्तिहरुमा समेत यो फैलनसक्छ । यस्तै, स्वास्थ्य समस्याकै कुरा गर्नुपर्दा मोबाइल लिएर शौचालय बसेपछि धेरै जनाले बल लगाएर दिसा गर्नुहुन्छ ।

यसो हुदाँ पायल्स, ऐनल फिसर जस्ता अन्य मलद्वारमा हुने समस्याहरु हुनेगर्छ । तपाईं दिसा गरेर सरसफाई गरी बाहिर निस्कने समयसम्म शौचालयमा मोबाइल स्क्रोल गरेर बसिरहनुहुन्छ । जसकारण शौचालयका ब्याक्टेरियाहरु तपार्इंमा सर्न सक्छन् ।

अहिले त यो ट्रेन्ड जस्तै भएको छ । यस्तो लाग्छ कि, मोबाइलविना शौच क्रिया नै हुँदैन । खासमा यसरी शौच क्रिया गर्दा हतार गरिँदैन । तर मोबाइलमा लिप्त भएर आवश्यक्ताभन्दा बढी समय पनि बिताइन्छ । यसको फाइदाभन्दा बढी बेफाइदा छ । एक त मोबाइलको स्क्रिनमा हाम्रो समय लबिन्छ । जो आफैंमा घातक हो । अर्को कुरा मोबाइल दूषित हुनसक्छ । त्यही मोबाइल हामी हातमा खेलाइरहन्छौं र त्यही हातले खानेकुरा खान्छौं । जसबाट विभिन्न रोगहरु लाग्न सक्छ ।

शौचालयमा मोबाइलको प्रयोग गर्दा ब्याक्टेरिया कसरी व्यक्तिमा सर्छ ?

शौचालय दुषित हावा फैलने ठाउँ हो । त्यसमा पनि तपाईंले मोबाइल हातमा जुनसुकै बेला खेलाउने सामग्री हो । जब तपाईं शौचालयमा फ्लस गर्नुहुन्छ तब पानीसँगै पिसाब र अन्य फोहोर पदार्थका कणहरु ६ फिट माथिसम्म उड्दछन् ।

जुन हावामा फैलँदा तपाईंलाई रोग लाग्ने सम्भावना निकै प्रवल रहन्छ । त्यसमा पनि किटाणुहरु मोबाइलमा टाँसिएर बस्छन् । शौच पछि तपाईंले तपाईंको हात त साबुन पानीले धुनुहोला तर मोबाइल धुन मिल्दैन । जुन तपाईंले हातले समाउनु हुन्छ र तपाईंको मुखसम्म प्रवेश गर्छ ।

अझ शौचालयमा राखिने ट्वाइलेट पेपर होल्डरमा सबैभन्दा धेरै किटाणुहरु रहेका हुन्छन् । तर धेरै मानिसले सोही पेपर होल्डरमा आफ्नो फोन राखिन्छ वा कुनैपनि स्थानमा राख्छन् । तपाईंले मोबाइल राखेको ठाउँमा रोगका किटाणुहरु टासिरहेका हुन्छन् ।

शौचालयमा फोन लैजानाले इकोली, साल्मोनेला टाइफी, डिफिसाइल जस्ता ब्याक्टेरियाहरु फोनमा टाँसिन्छन् । फोनमा टाँसिएर आएका ती किटाणुहरुबाट मानिसमा धेरै खालका संक्रमण हुने जोखिम हुन्छ ।

अन्त्यमा के सुझाव दिन चाहनुहुन्छ ?

शौचालय जाँदा मोबाइल साथमा लाने प्रवृत्ति आजैबाट बन्द गर्नुहोस् । यसले तपाईंलाई विभिन्न संक्रमणहरुबाट बचाउँछ । शौचालयमा धेरैमा ५ मिनेटभन्दा बढी समय नबिताउनुहोस् ।

यदि तपाईंलाई मोबाइलको प्रयोगबिना शौचालय बस्न ५ मिनेटभन्दा धेरै समय लाग्छ भने तपार्इंमा मलद्वार सम्बन्धी स्वास्थ्य समस्या हुनसक्छ । यस्तोमा तपार्इं चिकित्सकीय परामर्शको लागि ढिलाइ नगर्नुहोला ।

अन्य कुराहरु भनेको शौचालय सधै सफा राख्न आवश्यक छ । तपाईंले सुन्नुभएको पनि होला शौचालयबाट तपार्इंको गुणस्तर झल्किन्छ । यसकारण शौचालय सफा राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?