काठमाडौँ– गर्भावस्थाको समयमा लगाउने पहिरनहरुले शारीरिक रुपमा विशेष भूमिका खेल्छ । यस्तो बेलामा विशेषत आरामदायी पहिरन नै लगाउँदा शरीरलाई आराम मिल्छ । यसले मानसिक रुपमा समेत भूमिका खेल्छ ।
गर्भावस्थामा लगाउने पहिरनमा विशेष ध्यान दिन जरुरी छ । कपडाकै कारण तपाईंलाई शारीरिक तथा मानसिक रुपमा प्रभाव पार्छ । त्यसकारण गर्भावस्थामा लगाइने पहिरनबारे हामी चर्चा गर्नेछौं ।
टाइट कपडा
गर्भावस्थाको समयमा टाइट कपडा लगाउनु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । यसले पेटमा दबाब समेत पर्न सक्छ । यसकारण रक्त प्रवाहमा समेत असर पर्न सक्छ र छालामा समेत पोल्छ । यस्तो अवस्थामा लुज, खुल्ला र स्ट्रेचेबल पहिरनले आरामदायी समेत बनाउँछ ।
गलत इनवेयरको चयन
गर्भावस्ताको समयमा शारीरिक अवस्थामा फेरदबल भइरहन्छन् । तर कतिपय महिलाहरु भने पुराना र फोहोर इनवेयरहरु नै लगाइरहेका हुन्छन् । सकेसम्म हल्का र लुज खालका इनवेयरहरु नै चयन गर्दा राम्रो हुन्छ ।
गर्भावस्ताको समयमा पहिनहरुमा खरिद गर्दा यी कुराहरुमा ध्यान दिनुहोस्:
–गर्भावस्ताको समयमा पेट, हिप, कम्मरलगायतको अङ्गहरु बढ्ने भएकोले लुज, ठूला र स्ट्रेचेबल कपडाहरु नै छान्नुपर्छ ।
–चिसो मौसममा हो भने अझ तत्कने खालका बाक्ला र नरम खालका कपडा खरिद किन्नुपर्छ ।
– गर्भावस्ताको समयमा स्ट्रेचेबल ट्राउजर र सुरुवालहरुको प्रयोग गर्नुपर्छ ।
–कपडाहरु खरिद गर्दा सकेसम्म छोटाभन्दा लामो र ठूला आकारका नै लिनुपर्छ ।
तपाईंले लगाउने कपडाले तपाईंलाई आराम मात्र होइन आत्मविश्वास समेत बढाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया