मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बच्चालाई दैनिक अण्डा खुवाउँदा हुन्छन् यस्ता फाइदा

काठमाडौँ- पोषिलो खानेकुरा अण्डाका विभिन्न परिकारहरु बनाएर खाने गरिन्छ । अण्डा हरेक उमेर समूहका व्यक्तिहरुका लागि लाभदायक खानेकुरा हो । एउटा अध्ययनले दैनिक एउटा अण्डा खाँदा कुपोषण नहुने देखाएको छ । उसिनेको, फ्राइ गरिएको वा अम्लेट बनाएर खाइने अण्डाले कलिला बालबालिकालाई शक्ति दिने उक्त अध्ययनको निचोड छ ।

यसैगरी होचोपन नियन्त्रणका लागि पनि सबैभन्दा सस्तो र प्रभावकारी विधि अण्डाको सेवन हुनसक्ने चिकित्सकहरु बताउँछन् । शिशुहरुको पहिलो दुई वर्ष उनीहरुको शारीरिक विकासका लागि संवेदनशील अवधि मानिन्छ र त्यसबेला होचोपनको समस्या देखिए त्यो दीर्घकालीन हुनसक्ने बताइन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर पाँच वर्षमुनिका १५ करोड ५० लाख बालिबालिकामा होचोपनको समस्या छ । त्यसमध्ये अधिकांश कम तथा मध्यम आय भएका देशमा बसोबास गर्छन् । । स्वास्थ्य विज्ञहरुले यो समस्या कसरी समाधान गर्ने भन्नेबारे अध्ययनहरु गरिरहेका छन् ।

यसैगरी वयस्क व्यक्तिहरुले पनि पोषणतत्वले भरिपूर्ण अण्डा दिनमा एउटा अनिवार्य खान चिकितसक सल्लाह दिने गर्छन् । अण्डामा भिटामिन ए, डी, बी तथा बी १२, लूटीन तथा जीएजेनथीन लगायतका तत्व पाइन्छ । यी तत्व आँखाका लागि पनि निकै फाइदाजनक मानिन्छ ।

अण्डा प्रोटिनको राम्रो स्रोत हो । जहाँसम्म अण्डालाई पकाउने कुरा छ, अण्डालाई साधारण तरिकाले पकाएर वा उमालेर खानु पर्दछ । धेरैजसो पोषणविद्हरू अण्डालाई फ्राई गरेर नखान सल्लाह दिन्छन् । अण्डालाई फ्राई गर्दा फ्याट तथा कोलेस्ट्रोलको मात्रा बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?