मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जोनी डेपकी पूर्वपत्नी एम्बर हर्ड दोस्रो पटक आमा बन्दै,

काठमाडौँ- हलिउडकी चर्चित कलाकार जोनी डेपकी पूर्वपत्नी एम्बर हर्ड दोस्रो पटक आमा बन्न लागेकी छिन् । चाँडै नै उनीहरूको घर खुसीले भरिने भएको छ। अभिनेत्री स्वयंले यो खुसीको खबर आफ्ना फ्यानहरुलाई सेयर गरेकी छिन् । ३८ वर्षीया एम्बर हर्ड पहिले नै एक बच्चाकी आमा भइसकेकी छिन् । उनी आफ्नो पहिलो सन्तानसँग स्पेनमा बस्दै आएकी छिन् ।

अब एम्बर आफ्नो दोस्रो सन्तानको लागि उत्सुकताका साथ पर्खिरहेकी छिन् । चाखलाग्दो कुरा के छ भने यसपटक पनि एम्बर हर्ड बिना विवाह आमा बन्दैछिन् । उनी अहिले एकल महिला हुन् । मिडिया रिपोर्टका अनुसार एम्बर हर्डको गर्भावस्थाको खबर उनको प्रतिनिधिले सेयर गरेको छ । पिपल म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले भनिन्, ‘यो गर्भावस्थाको सुरुवात मात्र हो, यसैले हामी यसको बारेमा धेरै जानकारी साझा गर्दैनौं।’

उनका अनुसार एम्बर आफ्नो र आफ्नो पहिलो बच्चाको लागि धेरै खुसी छिन्। जोनी डेप र एम्बर हर्डले सन् २०१५ मा विवाह गरेका थिए भने २०१७ मा दुवैको सम्बन्धविच्छेद भएको थियो । दुबैको डिभोर्स निकै हाई प्रोफाइल थियो, जसले धेरै हेडलाइन्स बनाएको थियो । जोनी डेपसँग सम्बन्धविच्छेद भएपछि एम्बर हर्ड सन् २०२१ मा पहिलो पटक आमा बनिन् । उनीहरुको पहिलो सन्तान सरोगेसीको माध्यमबाट जन्मिएको थियो ।

आफ्नो पहिलो सन्तानलाई स्वागत गरे पछि एम्बर हर्डले प्रशंसकहरूसँग यो खुसीको खबर साझा गरेकी हुन ।इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै उनले लेखेकी छिन्, ‘चार वर्षपछि मैले बच्चा चाहन्छु भन्ने निर्णय गरें । म यो बच्चा मेरो सर्तमा चाहन्थे। अब मैले बुझें कि महिलाहरूले आफ्नो भाग्यको यो आधारभूत भाग रोज्नु कति क्रान्तिकारी छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?