मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रथम मगर साहित्य महोत्सव आजदेखि शुरु हुने

काठमाडौँ– प्रथम मगर साहित्य महोत्सव शुक्रबारदेखि शुरु हुने भएको छ ।

शुक्रबारदेखि बुटवलस्थित जीतगढी किल्लामा नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा हुने महोत्सवमा मगर भाषामा लेखिएका कविताहरु र मगर लेखकहरुको कृति विमोचन र मगर संस्कार तथा संस्कृतिमा आधारित विभिन्न झाँकीहरु प्रस्तुत गरिनेछन् ।

महोत्सवका प्रवक्ता शंकर गाहालका अनुसार महोत्सवले विशेषत मगर भाषा र साहित्यको प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ । नेपालका विभिन्न स्थानमा रहेका मगरहरूको इतिहासको खोजी, समुदायका विशिष्ट व्यक्तिहरूलाई सम्मान लगायतका कार्यक्रम हुने प्रवक्ता गाहाले बताए ।

महोत्सवमा मगर समुदायले प्रयोग गरेका प्राचीन सामग्रीहरूको प्रदर्शन, मातृभाषा कविता प्रतियोगिता अन्तर्गत खाम र काइकेमा लेखिएका कविता प्रतियोगिता, पुस्तक प्रदर्शनी, भेषभूषा र प्राचीन सामग्रीहरूको प्रदर्शन समेत हुनेछन् ।

त्यसैगरी आदिकवि जितबहादुर सिंजाली मगर र रेखबहादुर सारु साहित्य पुरस्कार वितरण, गोरेबहादुर खपांगी मगर सामाजिक योगदान पुरस्कार वितरण, मगर भाषा, साहित्यबारे विद्वत प्रवचन र विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूसँग संवाद तथा बहस समेत महोत्सवमा हुनेछन् ।

महोत्सवको समापन शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?