काठमाडौँ– ‘रेड सी इन्टरनेशनल फिल्म फेस्टिभल–२०२४’को चौथो संस्करण बिहीबारदेखि शुरु भएको छ ।
फेस्टिभल डिसेम्बर १४ सम्म साउदी अरबको अल–बलादस्थित युनेस्कोको विश्व सम्पदा क्षेत्र ‘न्यु स्क्वायर’ भेन्युमा हुनेछ । उद्घाटन समारोहमा इभा लङ्गोरिया, विल स्मिथ, एमिली ब्लन्ट, सिन्थिया एरिभो, मिशेल योह र थप ताराहरूले बालेन्सियागा, क्यारोलिना हेरेरालगायतका हलिउड स्टारहरु विभिन्न ब्रान्डका ग्ल्यामरस पोशाकहरू प्रदर्शन गर्दै रेड कार्पेटमा हिँडेका थिए ।
फेस्टिभलमा ८१ देशका १२० भन्दा बढी फिल्महरू प्रदर्शन हुनेछन् । रेड सी इन्टरनेशनल फिल्म फेस्टिभलको लक्ष्य साउदी अरेबियामा फिल्म उद्योगका लागि बलियो जग स्थापना गर्ने रहेको छ ।
तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया