मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘स्वास्थ्य स्वयंसेविकाहरुको व्यवस्थापन र क्षमता अभिवृद्धि जरुरी’

काठमाडौँ – ‘विविध स्वास्थ्य क्रियाकलापमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वास्थ्य समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ आज २१औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस देशभर मनाइएको छ ।

दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य स्वयंसेविकाहरुको उचित व्यवस्थापन र क्षमता अभिवृद्धिको काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, “स्वास्थ्य स्वयंसेविकाहरु धन्यवादको पात्र हुनुहुन्छ ।”

स्वास्थ्य सेवा विभागका निर्देशक डा विकास देवकोटाले स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति परिमार्जनको क्रममा रहेको जानकारी दिए । उनले भने, “हामीले उहाँहरुको प्रोत्साहनका लागि प्रयत्न गरेका छौँ । स्वास्थ्य स्वयंसेविकाहरुले परिवार तथा समाजलाई स्वस्थ बनाउने काम गरिरहेका छन् ।”

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिराकुमारी निरौलाले स्वास्थ्य कार्यक्रमलाई समुदायसम्म पु(याउन स्वास्थ्य संस्था र समुदायबीच स्वास्थ्य स्वयंसेविकाहरुले संवाहकका रुपमा काम गरिरहेको बताए ।

हाल देशभर ५१ हजार चार सय २३ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । यो कार्यक्रम सरकारले विसं २०४५ देखि २८ जिल्लाबाट सुरु गरेको थियो । स्वास्थ्य स्वयंसेविकाहरुले पोषण तथा खोप कार्यक्रम, सरुवा तथा महामारी रोग नियन्त्रणमा सहयोग, वातावरणीय तथा व्यक्तिगत सरसफाइ, परिवारनियोजनसम्बन्धी सल्लाह दिने, सुरक्षित मातृत्व तथा नवजात शिशु सरसफाइसम्बन्धी समाजमा भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?