काठमाडौँ– दक्षिण भारतीय अभिनेता नागा चैतन्य र शोभिता धुलिपाला विवाह बन्धनमा बाँधिएका छन् ।
केही समयदेखि प्रेमसम्बन्धमा रहेका यी दुईले बुधबार विवाह गरेका हुन् । विवाहमा परिवारका साथै दुवैका नजिकका साथीभाइहरु उपस्थित थिए । अभिनेता नागाका बुवा अक्किनेनी नागार्जुनले सामाजिक सञ्जालमा तस्वीरहरु सेयर गरेर बधाई दिँदै खुसी व्यक्त गरेका छन् ।
उनले लेखेका छन् । ‘शोभिता र चाई(नागा)ले यस सुन्दर अध्यायलाई सँगै शुरु गरेको देख्नु मेरो लागि विशेष र भावनात्मक क्षण हो । बधाई छ मेरी प्यारी चाई र परिवारमा स्वागत छ, प्रिय शोभिता । तिमीले पहिले नै हाम्रो जीवनमा धेरै खुसी ल्याइसकेका छौ।’
हैदरावादस्थित अन्नपूर्ण स्टुडियोमा भएको विवाह समारोहमा राम चरण, नयनतारा, जुनियर एनटीआर, अल्लु अर्जुनलगायतका स्टारहरू उपस्थित थिए ।
अन्नपूर्ण स्टुडियो नागाको हजुरबुवा अक्किनेनी नागेश्वर रावले सन् १९७६मा स्थापना गरेका थिए । नागा र शोभिताको पहिलो भेट पनि हैदरावादमा नै भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया