काठमाडौँ – बलिउड अभिनेत्री तथा ग्लोबल आइकॉन प्रियंका चोपडा लामो समयदेखि कुनै पनि बलिउड फिल्ममा देखिएकी छैनन् । उनी पछिल्लो पटक द स्काई इज पिंक फिल्ममा देखिएकी थिइन् । यो फिल्म सन् २०१९ मा रिलिज भएको थियो । त्यसयता प्रियंका हलिउड प्रोजेक्टमा व्यस्त छिन् । लामो समयदेखि प्रियंकाको कमब्याकको खबर आएको थियो ।
प्रियंका चोपडा फरहान अख्तरको फिल्म जी ले जराबाट कमब्याक गर्दैछिन् । यस फिल्ममा उनीसँगै आलिया भट्ट र कट्रिना कैफ मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म ढिला भएको छ । यसैबीच प्रियंकाले भर्खरै आफ्नो कमब्याकको बारेमा अपडेट दिएकी छिन् । उनले आफ्नो किट्टीमा धेरै राम्रो प्रोजेक्ट रहेको बताएकी छन्।
एक अन्तरवार्तामा कुरा गर्दै प्रियंका चोपडाले सन् २०२५ मा बलिउडमा कमब्याक गर्ने घोषणा गरेकी हुन्र । प्रियंकाले भनिन्– ‘म ठट्टा गरिरहेकी छैन, मैले यहाँ धेरै फिल्ममेकरलाई भेटेकी छु र धेरै पटकथा पढेको छु । म सक्रिय रूपमा केहि खोज्दै छु जुन म हिन्दीमा गर्न चाहन्छु। यो वर्ष मेरो लागि साँच्चै व्यस्त रह्यो। तर मसँग केहि छ, म यसलाई यहाँ छोड्छु। जब प्रियंकालाई जि ले जराको बारेमा कुनै संकेत दिइरहेकी भनी सोधिएको थियो, उनले भनिन्– यसबारेमा एक्सेलसँग कुरा गर्नुपर्छ । यो कुराले प्रियंकाका फ्यानहरु माझ हलचल मच्चाएको छ ।
जी ले जाराको घोषणा सन् २०२१ मा भएको थियो । कास्टका कारण यो चलचित्र घोषणा भएदेखि नै चर्चामा आएको थियो । तर, कलाकारहरुको मितिका कारण फिल्म ढिलाइ भएको थियो । यद्यपि, जोया अख्तर र फरहान अख्तरले फिल्मलाई नछोडिएको र सबैको समय तालिका मिलाउने प्रयास गरिरहेको आश्वस्त पारेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया