मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बोर्डले सार्वजनिक गर्यो चलचित्र भवनको सूची

काठमाडौँ – चलचित्र विकास बोर्डले देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक गरेको छ । बोर्डले एक सूचना जारी गर्दै नेपालभर एक सय ६६ चलचित्र भवन रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

उक्त सूचीअनुसार बागमती प्रदेशमा ६७, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा २६, गण्डकीमा १४, लुम्बिनीमा २४, कर्णालीमा तीन र सुदुरपश्चिममा एउटा चलचित्र भवन सञ्चालनमा छन् ।

बोर्डले चलचित्र भवन र सिट सङ्ख्या समेत उल्लेख गरिएको छ । बोर्डले आगामी दिनमा सञ्चालनमा रहेका चलचित्र भवनको सङ्ख्या थपघट हुनसक्ने समेत जनाएको छ ।

सार्वजनिक चलचित्र भवन बोर्डमा नवीकरण भइसकेको उल्लेख गर्दै ती भवनमा मात्रै प्रदर्शनका लागि चलचित्र उपलब्ध गराउन र वितरकलाई वितरण गर्न आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?