काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई १ सय ९२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९१ रन बनायो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । २९ बलको सामाना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी लुम्बिनीका टम मुर्सले ३० रन जोडे ।
विराटनगरका कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान १ विकेट लिए । लुम्बिनीका ४ ब्याटर रन आउट भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया