मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जनकपुरधाममा मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक

जनकपुरधाम – सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना प्रकाशित गर्दै आजदेखि तीन दिनसम्म माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।

कार्यालयद्वारा जारी सूचनामा आजराति १२ बजेदेखि मंसिर २२ गते राति १२ बजेसम्म जनकपुर नगरक्षेत्रमा मासु, माछा तथा मदिरा बिक्री वितरण नगर्नरनगराउन आदेश जारी गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र तथा परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपक्षी काटमार, माछा बिक्रीवितरण तथा उत्पादनलगायत अन्य नशालु पदार्थको सेवन नगर्न र नगराउन अनुरोध गर्दै ती वस्तु पूर्ण रूपमा निषेध गरिएको सूचनामार्फत जनाइएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरी सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जनकपुर नगरदर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सव रामकलेवा गरेसँगै मंसिर २२ गते सम्पन्न हुनेछ ।

गढीमाई मेलाका लागि मंसिर २३ गते बिदा

मधेश प्रदेश सरकारले गढीमाई मेला हर्षौल्लास पूर्वक मनाउने भन्दै यही मंसिर २३ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मधेश प्रदेश सरकारको मन्त्रित्रपरिषद् बैठकले मंसिर २३ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?