मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

३५ दिनमा सकियो ‘फेरि रेशम फिलिली’ को छायांकन

काठमाडौँ– निरोज महर्जनको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘फेरि रेशम फिलिली’को छायांकन सकिएको छ ।

काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको सिनेमाको सम्पुर्ण छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता रौनक विक्रम कडेलले बताए ।

यो सिनेमा २०७२ सालमा रिलिज भएको फिल्म रेशम फिलिलीको सिक्वेल हो । पहिलो शृंखलाका निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेक विनय श्रेष्ठ र कामेश्वर चौरासिया ‘फेरी रेशम फिलिली’को मुख्य भूमिकामा दोहोरिएका छन् । अभिनेत्रीमा यसपटक सुपुष्पा भट्टले मुख्य भूमिका निवार्ह गरेकी छन् ।

सिनेमामा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने छ ।

‘दिमाग खराब’का निर्माता रौनक विक्रम कडेलको लगानी रहने सिनेमाको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह–निर्मातामा एनी थापा छन् ।

सिनेमा आर्टसको प्रस्तुति र बी मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?