काठमाडौँ– अल्लु अर्जुनको आगामी फिल्म ‘पुष्पा २ः द रुल’ लाई लिएर निरन्तर चर्चा भइरहेको छ ।
फ्यानहरु फिल्मको प्रतिक्षामा छन् । चलचित्र ‘पुष्पाः द राइज’ को पहिलो भाग सन् २०२१ मा रिलिज भएको थियो । यो फिल्म पछि अल्लु अर्जुन र रश्मिका मन्डनाका फ्यानहरु ‘पुष्पः २’ को प्रतिक्षामा छन् ।
‘पुष्पाः २’ को प्रमोशनका क्रममा फिल्मका निर्माताहरुले ‘पुष्पाः ३’ को पहिलो पोस्टरको झलक देखाउन यस्तो गल्ती गरेका छन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
वास्तवमा, फिल्मका निर्माताहरूले स्टुडियोबाट आफ्नो तस्विर सेयर गरेका छन् । ‘पुष्पाः ३’ को पोस्टरको पहिलो झलक यो तस्विरको पछाडि देखिन्छ । अल्लु अर्जुनको ‘पुष्पा ३’ को नाम ‘पुष्पाः ३ द र्याम्पेज’ हो । जसमा जबरदस्त ड्रामा, दमदार एक्सन र पुष्पाको यात्राको अन्तिम अध्याय देख्न सकिनेछ ।
पुष्पाको पहिलो झलकः ३ द र्याम्पेज सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ । अल्लु अर्जुन र रश्मिका मन्डन्नाका फ्यानहरूले पोस्टरलाई निकै मन पराइरहेका छन् ।
रिपोर्टलाई विश्वास गर्ने हो भने पुष्पाः २ को बजेट करिब ५०० करोड रुपैयाँ छ । यो फिल्मको सिक्वेल सन् २०२१ मा आएको थियो र यो १५० करोडको बजेटमा बनेको थियो । फिल्मले विश्वभर ३५० करोड कलेक्सन गरेको थियो ।
पुष्पाः २ लाई सुकुमारले निर्देशन गरेका हुन् । अल्लु अर्जुन र रश्मिकासँगै फहद फासिल महत्वपूर्ण भूमिकामा देखिनेछन् ।
पहिलो फिल्म ‘पुष्पाः द राइज’ ले अल्लु अर्जुनले निर्वाह गरेको पुष्पाको निडर र उग्र चरित्रको परिचय दर्शकलाई गराएको थियो । अब पुष्प २ः द रुलको कथाले नयाँ उचाइमा पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया