मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एनपीएल

एनपीएलको दोस्रो खेलः विराटनगर र लुम्बिनीबीच प्रतिस्पर्धा हुने

काठमाडौँ– आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं र सातौं खेल हुँदैछ । आजको दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सको बीचमा प्रतिस्पर्धा हुँदैछ ।

किर्तिपुरस्थित टीयु अन्तरराष्ट्रिय खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल अपरान्ह १ः१५ बजेबाट शुरू हुनेछ ।

जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्ससँग पराजित भएर आएको बिराटनगर रपहिलो पटक खेल्न आएको लुम्बिनी लायन्स पहिलो पटक प्रतिस्पर्धामा हुन लागेको हो ।

हिजोको खेलमा पोखरालाइ हराउँदै चितवन राइनोज र बिराटनगरलाइ हराउँदै सुदुरपश्चिम बिजयी भएको थियो ।  आज हुने दोस्रो खेलमा बिराटनगर किंग्सवाट सन्दीप लामिछाने र लुम्बनी लायन्सवाट रोहितकुमार पौडेलले नेतृत्व गर्नेछन् ।

एनपीएल गत शुक्रवारवाट शुरु भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

विराटनगर किंग्स

सन्दीप लामिछाने – मार्की, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्यान्ड), इस्मल आलम (अफगानिस्तान)।

लुम्बिनी लायन्स 

रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?