मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जापानमा यो वर्ष सामान्य भन्दा १.९७ डिग्री सेल्सियस तापक्रम बढी

काठमाडौँ – जापान मौसम एजेन्सीले १२६ वर्ष पहिले रेकर्ड सुरु गरेदेखि सबैभन्दा तातो शरद ऋतु यो बर्षको भएको जनाएको छ ।

जापानी मौसम विज्ञान एजेन्सीले सोमबार आफ्नो वेबसाइटमा जापानमा यो वर्ष सामान्य भन्दा १.९७ डिग्री सेल्सियस तापक्रम बढी रहेको तथा यो सन् १८९८ पछिको सबैभन्दा धेरै तापक्रम रहेको उल्लेख गरेको छ ।

सेप्टेम्बर र नोभेम्बरको बीचमा, टोकियोमा सामान्य भन्दा २.४ डिग्री सेल्सियस, मध्य शहर नागोयामा २.९ र उत्तरी साप्पोरो सहरमा १.२ डिग्री बढी तापक्रम थियो ।

जापानले यस वर्ष चरम गर्मीको रेकर्ड गरेको छ जुन वैज्ञानिकहरूले जलवायु परिवर्तनको कारणले भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?