नवलपरासी – पश्चिम नवलपरासीमा कुष्ठरोग नियन्त्रण र जीवनस्तर सुधारका लागि रामग्राम नगरपालिका र लेप्रोसी मिशनबीच सम्झौता भएको छ ।
कुष्ठरोग नियन्त्रणका साथै कुष्ठ प्रभावितको स्वास्थ्य र जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ नगरपालिकाले द लेप्रोसी मिशन नेपालसँग सम्झौता गरेको हो । आगामी पाँच वर्षका लागि नगरपालिकासँग सम्झौता भएको नगरपालिकाले जनाएको हो ।
द लेप्रोसी मिसन नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नगरपालिकासँगको साझेदारीमा एकीकृत कुष्ठरोग तथा अपाङ्गता कार्यक्रम आगामी पाँच वर्षसम्म सञ्चालन हुने भएको छ । त्यसका लागि करिब रु दुई करोड बराबरको कार्यक्रम रहेको संस्थाका प्रमुख पराजुलीले जानकारी दिए ।
नगर प्रमुख धनपत यादवले नगरपालिकाले लिएको स्वास्थ्य तथा जिविकोपार्जनका लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सञ्चालन हुने परियोजनाअन्तर्गत समुदायमा कुष्ठरोग खोजपड्ताल, उद्यमशिलता विकास, लघु उद्यम स्थापना, क्षमता अभिवृद्धि, मानसिक स्वास्थ्य, खानेपानी र सरसफाइ तथा स्वच्छता पूर्वाधार विकास लगायतका विविध क्षेत्रमा काम हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया