काठमाडौँ– काठमाडौँ– नेपाल प्रिमियर लिगको आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स ७४ रनमा अलआउट भएको छ । आजको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको हो ।
आज मङ्गलवार भएको खेलमा चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सलाई चितवनले १३.२ ओभरमा अलआउट गर्यो ।
पोखरा एभेन्जर्सका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे भने म्याट क्रिचलीले १६ बलमा १७ रन जोडे । अरु खेलाडी भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा १६१ रनको लक्ष्य दिएको थियो ।
ब्याटिङमा रवि बोपाराले अर्धशतक बनाउँदा चितवन राइनोजले १६२ रनको लक्ष्य दिएको थियो । योसँगै चितवन राइनोले नेपाल प्रिमियर लिगमा लगातार दुई खेलमा जीत हासिल गर्दै चार अंक जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया