मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुकुरलाई भुलेर पनि यी फलफूल खान नदिनुहोस्, मृगौला फेल हुनसक्छ

काठमाडौँ – मानिसहरू आफ्नो परिवारका सदस्यहरू जस्तै घरपालुवा कुकुरहरूलाई माया गर्छन्। आफूले खाएका सबै कुरा उनीहरूलाई खुवाउँछन्। यदि तपाई आफ्नो कुकुरलाई फलहरू खुवाउनु हुन्छ भने, हाेसियार हुनुस् जुन कुकुरका लागि खतरनाक हुनसक्छ ।

अंगूर र किसमिस कुकुरहरूको लागि धेरै खतरनाक साबित हुन सक्छ। तिनीहरूको उपभोगले कुकुरहरूमा अचानक मृगौला फेल हुन सक्छ। अंगूर वा किसमिस खाएपछि कुकुरमा बान्ता, पखाला, थकान र भोक नलाग्ने जस्ता समस्या हुन सक्छन्।

एभोकाडोमा पर्सिन नामक पदार्थ हुन्छ, जुन कुकुरका लागि अत्यन्तै विषाक्त हुन्छ। यो पदार्थले कुकुरको मुटु र फोक्सोमा नराम्रो असर गर्छ ।

चेरीको बीउ कुकुरहरूको लागि अत्यन्त खतरनाक हुन सक्छ। यसमा साइनाइड जस्ता तत्वहरू हुन्छन्, जुन कुकुरका लागि विषाक्त हुन्छन्। यसले कुकुरमा बान्ता, पखाला र श्वासप्रश्वासको समस्या निम्त्याउन सक्छ।

स्याउको दानामा साइनाइड पाइन्छ, जुन कुकुरका लागि खतरनाक हुन्छ। यदि कुकुरले धेरै स्याउको बीउ खान्छ भने, यसले उसको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।

मेवा कुकुरको पाचनका लागि स्वस्थकर हुँदैन । यसको अत्याधिक सेवन वा यसको बीउ खाँदा कुकुरमा पेट दुख्ने, पखाला लाग्ने र कब्जियत जस्ता समस्या हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?