गायिका स्मिता दाहालले गरिन् इङ्गेजमेन्ट

काठमाडौँ– गायिका स्मिता दाहालले इङ्गेजमेन्ट गरेकी छिन् । उनले आज प्रेमी सायुज्य श्रेष्ठसँग इङ्गेजमेन्ट गरेकी हुन् ।

स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग बिहे गर्न लागेको कुरा केही समयअघि सामाजिक सञ्जालमार्फत बताएकी थिइन् ।

गायिका दाहाल यही महिना वैवाहिक सम्बन्धमा बाँधिदै छिन् । उनले मंसिर २१ गते बबरमहल निवासी प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गर्न लागेकी हुन् ।

स्मिता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नातिनी तथा गंगा दाहालकी छोरी हुन् ।

उनले स्वर दिएका मायालु तिमी कता छौ, पानी कुवाको, हो हो नि माया, ज्यानमाया लगायतका गीत हिट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?