काठमाडौँ– सामाजिक सञ्जाल टिकटक हुँदै म्युजिक भिडियो र फिल्ममा आएकी अभिनेत्री गरिमा शर्मा नेपाली सिने क्षेत्रमा स्थापित हुने सङ्घर्षमै छिन् । ‘लन्डन टु पेरिस’ र ‘ह्रस्व दीर्घ’ फिल्ममा सह अभिनेत्रीमै सीमित गरिमा ‘जन्ते बाख्रो’मा भने शीर्ष भूमिकामा छिन् । फिल्मको यही पुसदेखि छायाङ्कन शुरु हुने बताइएको छ ।