काठमाडौँ– बलिउड अभिनेता विक्रान्त मेसीले अभिनयबाट सन्यास लिने घोषणा गरेका छन् ।
सोमबार गरेको उनको घोषणाले उनका फ्यान र बलिउड नै चकित छ । उनले इन्स्टाग्राममा मार्फत फिल्मबाट टाढा हुँदै घर परिवारका लागि समय दिने बताएका छन् ।
यसलाई उनले आफ्नो घर फर्कने समयका रुपमा भनेका छन् । फिल्म ‘द साबरमती रिपोर्ट,’ ‘१२ फेल’ र ‘सेक्टर ३६’बाट दर्शकको मन जितेका उनी ३७ वर्षको उमेरमा नै अभिनयबाट सधैंका लागि बिदा हुन लागेका हुन् ।
विक्रान्त अहिले ‘यार जिगरी’ र ‘आँखों की गुस्ताखियाँ’मा काम गरिरहेका उनको यिनै अन्तिम फिल्म हुनेछ । विक्रान्तको यो घोषणाले उनका फ्यानहरुलाई आश्चर्यसँगै स्तब्ध बनाएको छ ।
कतिपयले भने यसलाई पब्लिसिटी स्टन्टको रुपमा आशंका व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया