मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सरस्वती खड्का सम्मानित

कैलाली – कैलालीको धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयले एक जना शिक्षिकालाई सम्मानित गरेको छ। विद्यालयको ४८औं वार्षिकोत्सवको अवसरमा माध्यमिक तह अंग्रेजी विषय शिक्षिका श्रद्धा श्रेष्ठ सम्मानित भएकी हुन्।

त्रिनगरमा अध्ययनरत विद्यार्थीले एसईईमा अंग्रेजी विषयमा ८५.६० प्रतिशतसम्म नतिजा ल्याउन सफल भएको भन्दै उनलाई सम्मान गरिएको विद्यालयले जनाएको छ। श्रेष्ठलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री सरस्वती खड्काले सम्मानपत्रसहित दोसल्ला प्रदान गरेकी थिइन्।

श्रेष्ठ निकै मिहिनेती शिक्षिका रहेको विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले बताए। ‘उहाँ निकै मिहिनेती शिक्षिका हो। काममा लगनशील हुनुहुन्छ। उहाँलाई गरिएको सम्मानले अरू शिक्षकमा पनि प्रेरणा जागृत हुने विश्वास लिएका छौं। राम्रो कामको राम्रै मूल्यांकन हुन्छ भन्ने यो उदाहरण पनि हो,’ खड्काले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?