काठमाडौँ– कार्तिक ३० गतेदेखि प्रदर्शनमा आएको नीता ढुङ्गानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले तेस्रो हप्तामा प्रदर्शनरत छ । तुलनात्मक रुपमा कम शो पाएको यो फिल्मले आठ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण टिमले जनाएको छ ।
निर्माण टिमको दाबी अनुसार यो फिल्मले १३ दिनसम्म ८ करोड ५२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो । फिल्मले पहिलो हप्तामा ५ करोड ५४ लाख र दोस्रो हप्तामा ३ करोड कलेक्सन गरेको हो ।
नेपालसहित विदेशका कतिपय शहरमा समेत प्रदर्शन भएको यो फिल्मले बाहिर पनि राम्रो व्यापार गरेको निर्माण टिमले बताएको छ । फिल्म अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, दक्षिण कोरिया, जापान लगायतका देशमा समेत प्रदर्शनरत छ ।
नीता फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा हरिहर अधिकारी, नीता ढुङ्गाना, प्रशान्त ताम्राकार, बुद्धि तामाङ, गरिमा शर्मा, रविन्द्र झा, विपना थापा, सरोज खनाल लगायतका कलाकारको अभिनय छ ।
दक्षिण भारतीय कलाकार प्रदीप रावत, सुनिल बर्मा, ब्रह्मानन्दम लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्मले समीक्षकबाट औसत प्रतिक्रिया पाएको छ ।
हरिहर अधिकारीको कथा र प्रतीक पौडेलको कथा र चन्द्र पन्तको निर्देशन रहेको यो फिल्मको एक्सन पक्षलाई दर्शकले रुचाएका छन् । यो फिल्म तेलुगु र हिन्दी भाषामा पनि प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया