काठमाडौँ– गायक शिव परियारको स्वरमा ‘तिमीलाई अझै धर्म लाग्छ’ बोलको गीत सार्वजनिक भएको छ ।
शुक्रबार सार्वजनिक गरिएको गीतमा अभिनेत्री आश्मा गिरी र मोडल अनुपजंग थापा (विचित्र)को अभिनय रहेको छ । निकै मर्मस्पर्शी गीतमा प्रेमीप्रेमिकाबिचको अविश्वास र असमझदारीले प्रेमसम्बन्धमा निम्त्याउने विषयलाई उठान गरिएको छ ।
संचारकर्मी त्रिसा केसीको निर्देशनमा बनेको गीतमा दिपु दीपेन्द्रको शब्द, राजकुमार बगरको सङ्गीत तथा मिक्सिङ्ग र मास्टरिङ्गमा मुकुश हुमागाईं र टिमको छायांकन रहेको छ ।
भिडियोमा मिन रावलको सम्पादन तथा कलरिङ्ग रहेको छ । भिडियोमा लिजन बराईली र श्रीजन सुनार बाल कलाकारका रुपमा देख्न सकिन्छ ।
भिडियाे :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया