मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समय तालिका अगावै सकियो फिल्म ‘रङ्गी’को छायांकन

काठमाडौँ– फिल्म ‘रङ्गी’ छायांकन २६ दिनमा पूरा भएको छ । फिल्मको समय तालिका ३० दिनमा सकाउने योजना थियो । सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको फिल्म सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भइरहेको छ ।

सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा बस्नेतसँगै दिलीप रायमाझी, नम्रता श्रेष्ठ, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ ।

सक्षम सुवेदीको निर्माण रहेको फिल्ममा सौरभ लामाको छायांकन, सुमन गजमेरको लेखन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत र केवलमान सिंह बस्नेतको प्रोडक्सन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?