मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

म्युजिकल फिल्म ‘कोठा’ सार्वजनिक, काठमाडौँमा भाडामा बस्नेहरूको कथा (भिडियो)

काठमाडौँ– भिष्म जोशीको लेखन तथा निर्देशन रहेको म्युजिकल सर्ट फिल्म ‘कोठा’ सार्वजनिक भएको छ । उक्त भिडियो शनिवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा अध्ययनका सिलसिलामा काठमाडौँमा कोठा भाडामा लिएर बस्ने एक युवकको कथा देखाइएको छ । सो भिडियोमा प्रविन के पाण्डे, सवि थापा, सरोज खड्का, कल्पना शाही, शीतल पाण्डे लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

कोठामा बस्ने युवकको सङ्घर्षलाई मनोवैज्ञानिक तबरले व्यक्त गरिएको यो भिडियोमा उसको एकतर्फी प्रेमलाई पनि मीठो ढंगले प्रस्तुत गरिएको छ । गीतका शब्द देव व्रत र भिष्म जोशीले लेखेका हुन् ।

यस्तै भिडियोको सम्पादन धिरज अधिकारी र रिदेन श्रेष्ठले गरेका हुन् भने छायांकन सरोज श्रेष्ठले गरेका हुन् । उक्त म्युजिकल भिडियोलाई आर्ट घरले बजारमा ल्याएको हो ।

भिडियो हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?