मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मैथिली विकास कोष र ललितकला प्रज्ञा प्रतिष्ठानबीच सम्झौता

काठमाडौँ- मैथिली विकास कोष जनकपुरधाम र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँबीच आज नौबुँदे समझौता भएको छ ।

मधेशको चित्रकला, मूर्तिकला, हस्तकला, लोककला, शिल्पकला, वास्तुकला र अन्य सृजनात्मक बहुआयामिक कला समेटेर मधेश प्रदेशको विभिन्न जिल्लामा ती कला विद्याको प्रवर्द्धन, संवर्द्धन तथा विकासका लागि दुवै पक्षबीच नौबुँदे सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रतिष्ठान र कोषबीच ललितकलाका विद्याहरूको खोज, अध्ययन, अनुसन्धान, कार्यशाला, प्रशिक्षण, प्रदर्शनी, तालिम तथा गोष्ठी गर्नाका साथै प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने ललितकला प्रदर्शनीहरूमा सहकार्य गर्ने समझौता भएको कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए ।

सहकार्यका लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केली र कोषका तर्फबाट अध्यक्ष जीवनाथ चौधरीले हस्ताक्षर गरेको चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?