काठमाडौँ– घामको किरणबाट शरीरलाई आवश्यक पर्ने भिटामिन डी प्राप्त हुन्छ । हामीले खाने खानाबाट मात्रै भिटामिन डीको पर्याप्त आपूर्ति हुँदैन । यसकारण बिहानको घामको किरणले भिटामिन डीको कमीलाई पूर्ति गर्न सक्छ । यही कारणले घाममा केही समय बस्नु शरीरको लागि अत्यन्तै लाभदायक र महत्वपूर्ण छ । यसले हड्डीलाई बलियो बनाउँछ ।
पछिल्ला पुस्ताहरुमा भिटामिन डीको कमी तीव्र रूपमा देखिन थालेको छ । भिटामिन डी शरीरको लागि अत्यन्तै आवश्यक छ, किनभने यसले शरीरमा क्याल्सियमलाई अवशोषित गर्न मद्दत गर्छ । यद्यपि धेरै समयसम्म घाममा बस्नु हुँदैन ।
किनभने घाममा हुने अल्ट्राभ्वायलेट किरणहरूले क्यान्सरको सम्भावना बढाउँछ, साथै छाला पनि ट्यान हुन्छ । तर, पनि केही समय भने सूर्यको किरणमा बस्नैपर्छ अर्थात् घाम हाम्रो शरीरको लागी आवश्यक छ । यसले शरीरलाई धेरै प्रकारले फाइदा पुर्याउँछ । यसकारण आज हामी घामको किरण शरीरको लागि किन आवश्यक छ र यसले कस्तो स्वास्थ्यलाभ दिलाउँछ भन्ने सन्र्दभमा जानकारी गराउँछौ ।
घामबाट छालालाई भिटामिन डी प्राप्त हुन्छ, जसले हड्डीको स्वास्थ्य र मस्तिष्कको स्वास्थ्यलाई लाभ प्रदान गर्छ र साथै प्रतिरक्षा प्रणालीलाई सक्षम बनाउँछ । सूर्यको किरणले रातमा मेलाटोनिन हर्मोनको उत्पादनमा मद्दत गर्छ, जसले निद्राको गुणस्तरमा सुधार गर्छ ।
मेलाटोनिन एक निद्रा हर्मोन हो, जसले राम्रो निद्रा आउँछ । सूर्यको किरण विशेषगरी बच्चाहरूको आँखाको स्वास्थ्यको लागि पनि धेरै आवश्यक छ ।
सूर्यको किरणले शरीरको आन्तरिक घडी, सर्केडियन साइकललाई सञ्चालन गर्न मद्दत गर्छ, जसले भोक र मेटाबोलिज्ममा सुधार गर्छ । यसले कुनै पनि साइड इफेक्टबिना संज्ञानात्मक कार्यमा सुधार ल्याउँछ । स्मरण शक्ति र ध्यान केन्द्रित गर्न मद्दत गर्छ ।
सूर्यको किरणले मानिसमा ऊर्जाको स्तर बढाउँछ, जसले शरीर र मस्तिष्कलाई अझ सक्रिय र सतर्क राख्न सहयोग गर्छ । यसले भाइरस र ब्याक्टेरियाविरुद्ध एक प्राकृतिक एन्टी माइक्रोबियल एजेन्टको रूपमा काम गर्छ ।
हामीले हाम्रो शरीरलाई सूर्यको प्रकाशमा राख्यौँ भने हाम्रो स्वास्थ्य राम्रो हुन्छ । त्यसले हाम्रो छालामा रहेका फन्जाई र ब्याक्टेरियालाई नष्ट गर्छ । त्यसले हाम्रो रगतमा रहेका सेता रक्तकोषहरुलाई सक्रिय बनाउने काम पनि गर्छ ।
सेता रक्तकोषहरुको कारणले हाम्रो शरीरको प्रतिरोधात्मक शक्ति बढ्छ । ती कोषहरुले हाम्रो शरीरमा रहेका किटाणुहरुलाई मार्ने र शरीरलाई स्वस्थ राख्ने काम गर्छ ।
जब सूर्यको प्रकाश हाम्रो छालामा पर्छ, हाम्रो रगतमा एउटा विशेष प्रकारको तत्व पुग्ने गर्छ । त्यो तत्वले हाम्रो माशंपेसीलाई नयाँ लय प्रदान गर्ने काम गर्छ । सूर्यको प्रकाशले हाम्रो स्नायुप्रणालीमा नयाँ जोस भरिदिन्छ । त्यही भएर हामी छुट्टीको समयमा अझ विशेष गरेर केही बेर घाममा बस्दा निकै फुर्तिलो भएको महसूस गर्छौँ । सूर्यले हाम्रो शरीरमा भिटामिन डि को उत्पादन गर्ने पनि काम गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया