मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लोक दोहोरी गीत ‘कन्या राशी’बाट बिहानी पंगेनीको अभिनयमा डेब्यु (भिडियो)

काठमाडौँ– लोक गायक बद्री पंगेनीको गीत ‘कन्या राशी’मा उनले छोरी बिहानी पंगेनीलाई अभिनय गराएका छन् ।

बिहानीको यो डेब्यु अभिनय हो । अन्तरजातीय प्रेम कथामा आधारित १६ मिनेटको भिडियोमा हिन्दु युवती र मुसलमान युवकबीचको प्रेम सम्बन्ध र हार्दिकतालाई प्रस्ततु गरिएको छ ।

म्युजिकल फिल्मकै संरचनामा तयार गरिएको गीतमा नारायण ज्ञवालीको शब्द तथा सङ्गीत बद्रीकै रहेको छ । गीतमा बद्री र समीक्षा अधिकारीको स्वर समावेश छ ।

प्रशान्त मगरको नृत्य निर्देशन रहेको गीतको भिडियोमा कलाकारहरु प्रभात पल ठकुरी, अशोक पंगेनी, हमिद मियाँ, भवानी पंगेनी, श्याम पटेलले अभिनय गरेका छन् । भिडियोको निर्देशन गायक बद्रीकै रहेको छ । 

भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?