मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छोरा अरहानसँग उस्तै पहिरनमा देखिइन् मलाइका

मुम्बई– बलिउडमा अभिनेत्री, मोडल तथा डान्सर मलाइका अरोरा फेसन र स्टाइलको मामलामा निकै अगाडि छिन् ।

उमेरले ५० वर्ष कटेपनि उनको फेसनेबल लुक्स बलिउड स्टार अभिनेत्रीहरुभन्दा कम छैन । हालै एउटा सार्वजनिक कार्यक्रममा उनी छोरा अरहान खानसँग उस्तै पहिरनमा देखिएकी छिन् ।

सेतो र कालो रङको पहिरनमा देखिएका आमाछोराको तारिफ सबैले गरे । दुवैका फ्यानहरुले दुवै आमाछोरा टिनेजर र उस्तै उमेरका देखिएको भन्दै तारिफ गरेका छन् । दुवैको तस्वीरहरु अहिले सामाजिक सञ्जालमा छाइरहेका छन् ।

भारतीय मिडियाहरुका अनुसार अरहान नयाँ रेस्टुरेन्ट व्यवसाय गर्दैछन् । छोराको कामका लागि प्रोत्साहन दिन मलाइका त्यहाँ पुगेकी थिइन् ।

अभिनेता अर्जुन कपुरसँगको लामो प्रेम सम्बन्धमा हालै ब्रेकअप भएपछि मलाइका चर्चामा समेत छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?