काठमाडौँ– साहित्यकार तथा पत्रकार गोपीकृष्ण ढुङ्गानाद्वारा सम्पादित ‘प्रज्ञा नेपाली बालगीत’ पुस्तक प्रकाशित भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले हालै प्रकाशित गरेको पुस्तकमा रेडियो नेपालबाट बजिरहने ५६ बालगीत समावेश गरिएका छन् ।
लेखक ढुङ्गानाका अनुसार यसमा १५० जना सर्जकका ३१८ गीतहरु समेत समावेश छन् । उनले यस पुस्तक चार वर्षको अथक प्रयासमा तयार पारेका हुन् ।
पुस्तकमा राष्ट्रकवि पुस्ता, त्यसअघि र पछिल्ला सबै पुस्ताका बालगीतकारका सिर्जनाहरु पनि राखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया