काठमाडौँ– काठमाडौँमा अन्तर्राष्ट्रिय लोक सङ्गीत फिल्म फेस्टिभल हुने भएको छ । टेकु पचलीस्थित लक्ष्मीश्वर महादेव मन्दिर परिसरमा रहेको नेपाली लोकबाजा संग्रहालयमा मङ्सिर १३ देखि १५ गतेसम्म हुने फेस्टिभल हुने भएको हो ।
यो अन्तर्राष्ट्रिय लोक सङ्गीत फिल्म फेस्टिभलको १४औं संस्करण हो ।
लोकबाजा संग्रहालय, हिमालयन प्रतिष्ठानलगायतको सहकार्यमा हुन गइरहेको तीन दिने फेस्टिभलमा लोकगीत, लोक सङ्गीत, लोकबाजा, लोक नाच, लोकसंस्कृति, लोकपरम्पराका जस्ता विविध पक्षहरूलाई समेटिएको करिब एक दर्जन फिल्म तथा डकुमेन्ट्रीहरु प्रदर्शन हुनेछन् ।
फेस्टिभलमा नेपालसहित भारत, जापान, अमेरिकालगायतका देशहरु सहभागी हुने जनाएको छ । फेस्टिभलमा ‘डकुमेन्टिङ फल्क म्युजिक: च्यालेन्जेज एण्ड फ्युचर डाइरेक्सन्ज’ विषयमा प्यालन छलफल समेत हुने लोकबाजा सङ्ग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया