मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अस्करको ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’मा ‘दसैं आयो’ले जित्यो १ लाख नगद

काठमाडौँ- शिल्पा केसीद्वारा निर्देशित ‘दसैं आयो’ले एक लाख नगद पुरस्कार जितेको छ । अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)द्वारा आयोजित ‘दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धा’मा दसैं आयो प्रथम भएको हो ।

प्रतियोगितामा अर्जुन तिरुवाको ‘द ब्रिज’ र विशाल झाको ‘अन्तिम यात्रा’ले द्वितीय र तृतीय स्थान हासिल गर्दै क्रमशः ५० हजार र २५ हजार नगद जिते । देवनन्दन मण्डलको पेपर बोन्ड्स स्पेसल मेन्सनमा पर्न सफल फिल्म बन्यो ।

पुरस्कार घोषणाअघि प्रतिस्पर्धाको अन्तिम छनोटमा पर्न सफल नौ वटा लघु चलचित्रहरु प्रदर्शन गरिएको थियो । २० वर्षमुनिका उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीहरुलाई ८ देखि १५ मिनेटसम्मका फिल्म पठाउन गत कार्तिक पहिलाे सातासम्मको समयसीमा तोकिएको थियो ।

कलेजका प्रधानाध्यापक रामराजा दाहालले प्रतियोगिताका लागि २० भन्दा बढी फिल्म प्राप्त भएको र त्यसबाट अन्तिम ९ छनोट गरिएको बताए । फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।

उनले भने, ‘फिल्म अत्यन्तै सिर्जनात्मक विधा हो र युवाहरूको मस्तिष्क सिर्जनशील हुने भएकाले हामीले युवालक्षित फिल्म निर्माण प्रतिस्पर्धा गरी उनीहरूलाई सहयोगसमेत गर्न पहल गरेका हौं ।’

युवा फिल्ममेकरमा विश्वास र लगानी गर्दा फिल्म क्षेत्रमा अर्को पुस्ता तयार हुने उनेको भनाइ छ। प्रथम, द्वितीय, तृतीय र स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने छन् । कार्यक्रममा सिडिसी सिनेमाका व्यवस्थापक जीवन शाक्य प्रमुख अतिथिको रूपमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?