मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुन हालेको एक कप चियाकाे एक लाख !

काठमाडौँ- नेपालमा २० रुपैयाँदेखि ७ सय रुपैयाँसम्मको चिया पाइन्छ ।

भारत पनि सबैभन्दा महँगो चिया ताज प्यालेस होटेलमा उपलब्ध छ, जसको मूल्य ७ सयदेखि ८५० पर्छ । तर के तपाईलाई थाहा छ, दुबईमा एउटा चिया एक लाखमा पाइन्छ । आज हामी तपाईँलाई यसको बारेमा जानकारी दिनेछौं ।

तर, दुबईको एउटा क्याफेमा २४ क्यारेट सुनको चिया पाइन्छ । हामी डीआईएफसी, इमिरेट्स फाइनान्सियल टावरहरूमा अवस्थित बोहो क्याफेको बारेमा कुरा गर्दैछौं ।

यसलाई भारतीय मूलकी महिला सुचेता शर्माले सञ्चालित गरेकी छिन् । यो क्याफेमा २४ क्यारेटको सुनको पातमा पाइने ‘गोल्ड कडा’ चियाको साथ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भर्खरै एउटा भाइरल भिडियो सार्वजनिक भएको छ, जसमा एक फूड भ्लगरले क्याफे रेष्टुरेन्ट र यसको सबैभन्दा महँगो चियाको बारेमा भिडियो बनाएका छन् । यो चिया शुद्ध चाँदीको कटलरीमा सुनको धुलो र सुनको पातसँगै दिइन्छ ।

यो भिडियोलाई अहिलेसम्म ९० हजार पटक भन्दा बढी हेरिएको छ । यो भिडियोमा मानिसहरुले निकै रमाइलो कमेन्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?